महिला संघको ७७ औं स्थापना दिवस

0
15

विर्तामोड।

आज नेपाल महिला संघको ७७ औं स्थापना दिवस । राणा शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा होमिएका महिलाहरुले भूमिगत रुपमा भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा विक्रम सम्वत् २००४ साल साउन २४ गते महिला संघको गठन गरेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलन एवं महिलाहरुविरुद्ध रहेका कानुनी विभेद हटाउँदै लैङ्गिक अधिकार स्थापित गर्न महिला संघको गठन, संघको नेतृत्वमा भएका संघर्ष नेपाली राजनीतिमा कोशेढुङ्गा मानिन्छ । महिलाहरुले संगठित रुपमा गरेको आन्दोलनकै कारण हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएको छ भने सशक्तीकरणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । महिला संघ गठनपछि नेपालमा ब्यवस्था परिवर्तनका लागि भएका प्रजातान्त्रिक आन्दोलनहरुमा महिलाहरुको संगठित सहभागिता र योगदान महत्वपूर्ण छ ।

महिला संघ स्थापना दिवसको अवसर पारेर आज देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । झापाका १५ वटै पालिकामा शुभकामना आदान–प्रदान, अन्तरक्रिया, बृक्षरोपण, फलफुल वितरण लगायतका विविध कार्यक्रम सम्पन्न भएका हुन् ।

संघको स्थापना दिवसको अवसर पारेर नेपाल महिला संघ कनकाई नगर समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेश सांसद लख्खी गणेशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सिता थेवे र धनमाया चिमरिया, नेपाली कांग्रेस झापाका सदस्यहरु शिव कडेल र सूर्य गुरुङ, कनकाई–८ का वडाअध्यक्ष लीला कटुवाल, नेपाल महिला संघ झापा सचिव बर्षा श्रेष्ठ, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । भवानी तिम्सिना सिटौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा रेणुप्रसाद कडेलले महिला संघ स्थापनाको इतिहासका विषयमा प्रष्ट्याउनुभएको थियो । नेपाल महिला संघ कनकाई नगर समितिका कार्यबाहक अध्यक्ष सिता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कविता श्रेष्ठ र सञ्चालन गिता खरेलले गर्नुभएको थियो ।

महिला संघ स्थापना दिवसको अवसर पारेर नेपाल महिला संघ अर्जुनधारा नगर समितिले शुभकामना आदान–प्रदान सम्पन्न गरेको छ । नेपाल महिला संघ झापाका सभापति टिका सिटौला मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य पम्फा विक, नगर सभापति हेमराज खरेल, निर्जला बन, मनु वि.क, मिश्राकुमारी राई लगायतले शुभकामना मन्तब्य राख्नुभएको कोशी राईले जानकारी दिनुभयो । प्रभा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ना राजवंशीले स्वागत र इन्दिरा दाहालले सञ्चालन गर्नुभएको थियो ।

स्थापना दिवसको अवसर पारेर नेपाल महिला संघ १ नम्बर क्षेत्रीय समिति र मेचीनगर समितिको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । झुनादेवी बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, कोशी प्रदेश सदस्य विमल आचार्य र शोभा नेम्बाङ, नेपाली कांग्रेस झापाका सदस्यहरु राम कट्टेल, मणिकुमार उप्रेती, गिता ढुङ्गाना, तारा राई, महाधिवेशन प्रतिनिधि लोकराज ढकाल, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नगर सभापति सुवेश पनेरु, विना तामाङलगायतले मन्तब्य राख्नुभएको थियो । क्षेत्रीय सभापति रचना घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ज्ञानु रिजाल र सञ्चालन सिता पुरीले गर्नुभएको थियो ।

नेपाल महिला संघ विर्तामोड नगर समितिले स्थापना दिवसको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस झापाका सदस्य पार्वता गिरीको प्रमुख आतिथ्य र नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव उर्मिला ढकाल पोखरेल, जिल्ला सदस्य धनमाया चुडाल, कमला श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । जमुना राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत यसोदा उप्रेती र सञ्चालन अम्बिका उप्रेतीले गर्नुभएको थियो ।

स्थापना दिवसको अवसर पारेर नेपाल महिला संघ भद्रपुर नगर समितिले मेची प्रादेशिक अस्पतालका विरामी एवं सेवाग्राहीलाई फलफुल र पानी वितरण गरेको छ । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रामबाबु खड्का, नेपाली कांग्रेस झापाका सदस्य भक्त खवास, तोया गड्तौला, गौरव सुब्बा, नेपाल महिला संघ झापा उपाध्यक्ष शर्मिला अधिकारी , क्षेत्रीय सभापति उर्मिला गौतम , जिल्ला सदस्य रेखा अधिकारी लगायतले शुभकामना दिनुभयो ।

महिलाहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम महिला संघ नगर सभापति प्रमिला कोइरालाको सभापतित्व, तुलसा घिमिरेको स्वागत र पार्वती ओझाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम अन्तरगत अस्पतालमा उपचाररत एकसय विरामीलाई फलफुल र पानी वितरण गरिएको थियो भने दुईसय बढी सेवाग्राहीलाई सुद्ध पिउने पानी वितरण गरिएको शर्मिला अधिकारीले जानकारी दिनुभयो ।

महिला संघ स्थापना दिवसको अवसर पारेर झापाको गौरादहस्थित वि.पी. स्मृति भवन आसपासमा विभिन्न जातका दुईदर्जन विरुवा रोपिएको छ । नेपाल महिला संघ गौरादह नगर समितिको आयोजनामा सम्पन्न एक कार्यक्रमका बीच विरुवा रोपिएको हो । महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बाह्रकोटी प्रसाईको प्रमुख आतिथ्य र ५ नम्बर क्षेत्रीय सभापति गोमा बुढाथोकी र पूर्व नगर प्रमुख रोहित शाहको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । निता प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मिरा बस्नेत र सञ्चालन शान्ता पौडेलले गर्नुभएको थियो भने शुभकामना मन्तब्य प्रकाश कार्की, सविता कार्की कटुवाल लगायतले राख्नुभएको थियो ।

यसैगरी नेपाल महिला संघ दमक नगर अन्तर्गत २ नम्बर वडा समितिले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल महिला संघ ५ नम्बर क्षेत्रीय सभापति गोमा बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भागवत दुलाल, उद्वव दाहाललगायतले मन्तब्य राख्नुभएको थियो । ध्रुव तिम्सिनाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा स्वागत हेमा आचार्य र सञ्चालन अस्मिता बरालले गर्नुभएको क्षेत्रीय सभापति बुढाथोकीले जानकारी दिनुभयो ।

यही दिवसको सन्दर्भ पारेर नेपाल महिला संघ कमल गाउँ समितिले पनि शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरस्वती सेढाई, गोमा बुढाथोकी, खगेन भण्डारी, केदार कटुवाल लगायतले मन्तब्य राख्नुभएको थियो । विष्णु वेघाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्थापना दिवसकै अवसर पारेर कचनकबल गाउँपालिकाले पनि शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको महिला संघ गाउँ अध्यक्ष सेलेतुन खातुनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here