अपाङ्गता रोकथाम सम्बन्धी अभिमुखीकरण

0
10

कमल ।

झापाको कमल गाउँपालिकामा आज अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महाँसंघ केशी प्रदेशको सहकार्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्यूनिकरण एवं अपाङ्गता भएका व्याक्ति हरु सहितको समावेशी समाजको निर्माण गर्ने लक्ष्यले गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको हो । कमल गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार अपाङ्गता भएका व्याक्ति एकहजार एक सय ३० जना रहेकोमा एकसय ९६ जनाले रातो ,दुईसय ७१ जनाले निलो , पचास जनाले पहेलो र पचास जनाले सेतो अपाङ्गताको परिचय पत्र प्राप्त गरेको भएता पनि अझै चारसय ६३ परिचय पत्र पाएका छैनन् ।

गाउँपालिकाले आफ्नो श्रोत र साधनले भ्याए सम्म अपाङ्गता भएका व्याक्ति हरुको क्षेत्रमा काम गरिरहेको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना गर्दै उनि हरुलाई विभिन्न सीप सग जोड्दै अगाडि बढी रहेको अवस्थामा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालको सहकार्यका अझ धेरै काम गर्न सकिने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

अपाङ्गता भएका व्यक्ति नजन्माउन गरिने पूर्व तयारी तथा अपाङ्गता भएका व्यक्ति जन्मिहाले उनीहरूको हकहित र संरक्षण गर्दै समाजिक विकास र जीवन स्तर उकास्न यो कार्यक्रमले ठुलो टेवा पुग्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताईन् ।

त्यस्तै नवजात शिशु तथा १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी हुन सक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूको परिवारको जीवनको गुणस्तरमा सुधारका साथै स्थानीय तहमा रही लक्षित समुहलाई सेवा प्रदान गर्ने सरकारी संरचनाको सुदृढीकरण गर्ने कार्यक्रमको उद्देश्यरहेको करुणा फाउण्डेसन नेपाल वरिष्ठ कार्यक्रम अधिकृत कमल कोइरालाले बताए ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, विध्यालयका प्रधानाध्यापक, कर्मचारी ,कमल अपाङ्गता महासंघका प्रतिनिधि , सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम महिला तथा बालकालिका शाखा प्रमुख रिता कार्कीले सञ्चालन गरेकी थिईन् भने प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here