अलैचीमा टिस्युकल्चरको बिरुवा प्रभावकारी

0
21

गणेश अर्याल,इलाम ।

बिभिन्न रोग र प्रकोपको कारण मासिदै गएको अलैचीको पुन रोपणका लागि अलैची बिकास केन्द्र फिक्कलले अभियान सुरु गरेको छ ।

यसै क्रममा इलामको रोङ गाउपालिका र देउमाइ नगरपालिकामा यो अभियानबाट अभियानको थालनी गरिएको छ । बिहिबार रोङमा आयोजित एक कार्यक्रममा टिस्युकल्चरको बिरुवाको रोपण कार्य सुरु भएको छ । रोङ गाउपालिका ४ स्थीत किटेनीमा एक कार्यक्रमका बिच यो अभियानको सुरुवात गरिएको छ ।

त्यहा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर लेखराज दाहाल तथा रोङ गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवासले सम्युक्त रुपमा यो अभियानको सुरुवात गर्नुभयो । अलैची ब्यवसायी महासघको सहयोगमा स्थानीय सुम्निमा नर्सरी उद्योगको क्षेत्र भित्र टनेल बनाएर अलैचीको बिरुवा उत्पादन थालिएको छ । यस बर्ष ४ सय बिरुवा रोपण भएको छ । आगामी बर्ष उत्त ४ सय बिरुवा बाट ४ हजार बिरुवा उत्पादन हुने र सोही बिरुवा त्यस क्षेत्रका इच्छुक किसानलाई बितरण गरिने अलैची बिकास केन्द्र फिक्कलका प्रमुख राजन परियारले बताउनुभयो ।

यसै बिच आयोजित कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा कोशीप्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिब डा दाहालले बिभिन्न कारणले मासिन लागेको अलैचीको पुन रोपण कार्यक्रम सफल बनाउन मन्त्रालयले गर्नुपर्ने सबै प्रयास गरिने बताउनु भयो । “प्रदेशबाट निर्यात हुने मुख्य बालीको रुपमा अलैची सुचिकृत भएको छ, सचिब डा दाहालले भन्नु भयो, यसको प्रबर्धन र बिकासको लागि संघ प्रदेश र स्थानीय तहले कार्यक्रम बनाउनु पर्दछ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै रोङ गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवासले पालिकाले कृषिको प्रबर्धनको लागि गुन्द्रुक बेसार सिस्नु करेला जस्ता उत्पादनको बजारीकरणको लागि काम गरिरहेको बताउनु भयो । उहाले यसै बर्षबाट कार्यबिधि बनाएर  किसान मार्फत कृषि प्रबिधि किसान सम्म पुर्याउने सुनाउनु भयो ।

कार्यक्रममा अलैची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भटराइले ब्यवसायीहरु अलैचीको ब्यपार मात्रै गर्ने नभइ किसान स्तरमा उत्पादनमा सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । किटेनीमा आयोजित कार्यक्रममा अलैची बिकास केन्द्र फिक्कलका प्राबिधिक टोली, अलैची महासंघका पदाधिकारीहरु, रोङ गाउपालिका कृषि बिकास साखाका कर्मचारीहरु, स्थानीय बासी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

टिस्युकल्चर प्रबिधि बाट अलैची बिकास केन्द्र फिक्कलमा उत्पादन भएको बिरुवालाइ सुरक्षित बातावरण टनेल भित्र रोपिएको छ । टिस्युकल्चर प्रबिधिबाट उत्पादन भएको बिरुवामा पुरानो रोग तथा सक्रमण नहुने भएकाले स्वस्थ्य बिरुवाको रुपमा लिने गरिएको अलैची बिकास केन्द्र फिक्कलका प्रमुख परियारले बताउनु भयो । पहिलो चरणमा यो कार्यक्रम इलामको रोङ गाउपालिका र देउमाइ नगरपालिकाबाट सूरु भएको छ ।

नेपालमा १ लाख किसान अलैची खेती तथा ब्यवसायमा आबध्द रहेका छन् । कुल १९ हजार हेक्टरमा उत्पादन हुने अलैचीबाट बार्षिक ७ देखि ८ अरब रुपैया नेपाल भित्रने तत्थ्याङकले देखाएको छ । नेपालको अलैची उत्च गुणस्तरको हुने भएकाले बिदेशी बजारमा यसको माग उच्च रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here