सुन्दरहरैचा नगरपालिकाको नगर प्रहरीको दिक्षान्त समारोह

0
34

योगेन्द्र योगी,
मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ति गरी १५ दिने तालिम समापन गरी नगर प्रहरीलाई दिक्षान्त समाहारोमा दर्जेृनी चिन्ह प्रदान गरेको छ । सुन्दरहरैचा वडा नम्बर ४ को कार्यालयमा नगर प्रमुख केदार प्रसाद गुरागाईको आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै लाई नगर प्रमुख गुरागाईले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी सहायक निरिक्षक तथा जवानलाई निर्देशन दिए ।

उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै कसैको दवाव र प्रभावमा नपरी नगर प्रहरी नियुक्त गरिएको स्पष्ट पारे । नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, काम कर्तव्य गर्न आग्रह गदै नगर प्रमुख गुरागाईले नगरप्रहरीका १२ वटा अधिकार भित्र रहेर महत्वपुर्ण काम गर्नु पर्ने र ब्यत्ति भन्दा बिधिलाई मान्नु पर्ने बताए ।

स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको बताउँदै उनले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिकाको शिर ठाडो हुने गरी काम गर्न निर्देशन समेत दिएका छन्।

नगर प्रहरीलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा तालिम दिइएको छ । घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिईएको नगरपालिकाले जनाएको छ। नगर प्रहरीमा महिला र पुरुष गरी २० रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here