शिव स्वरुप लिङ्ग महापुराण शुरु

0
12

बुट्टाबारी ।

कामक्षा पीठ नवदुर्गा भवानी मन्दिर अर्जुनधारा–११ बसपार्कले शिव स्वरुप लिङ्ग महापुराणको समुदघाटन प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले पानसमा दियो बाली गरेकी हुन् ।

कामक्षा पीठ नव दुर्गा भवानी मन्दिरको प्राङ्गणमा भारतको गुहाटी आसामबाट अग्नि कुण्डबाट ननिभाइ दियो ल्याएर २०७४ सालमा यहाँ स्थापना गरिएको र निरन्तर बाली राखिएको र दीर्घकालीन रूपमा बाली राख्न र मन्दिर जिर्णोद्वार गरी दैनिक पाठपूजा सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनार्थ नौमती बाजासहित कलशयात्रा शिव स्वरुप लिङ्ग महापुराणको आयोजना गरिएको अध्यक्ष माधवप्रसाद चम्लागाँईले बताए ।

अहिलेसम्म सुन्न नपाएको शिव स्वरुप लिङ्ग पुराण प्रमुख कथा बाचक प्रखर वक्ता युवा पण्डित घनश्याम काफ्ले र अमृतमय कथा बाचन युवा पण्डित कमल काफ्लेबाट पाठ–पारायण र बिशिष्ट कलाकारहरुबाट भजन कृतन सञ्चालन हुने बताइएको छ ।

साउन २३ गतेदेखि शुरु भएको पुराण २८ गतेसम्म सञ्चालन हुने कोषाध्यक्ष गंगाप्रसाद मैनालीले जानकारी दिए । सबैले धार्मिक सहिष्णुता र सद्भाव राख्दै विकास र समृद्धि गर्न एकतासाथ लाग्न कामक्षा भगवती माताको आशीर्वाद प्राप्त रहोस् भन्दै पुराण सफलताको लागि प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले कामना गरिन् ।

कार्यक्रममा अर्जुनधार नगर प्रमुख बलदेव गोम्देन, जलेश्वरधामका प्रमुख अग्नि सिग्देल, वडाध्यक्ष खगेन्द्र इङ्गनाम, जुनकिरी आधारभूत विद्यालयका अध्यक्ष जगतबहादुर मगर, रासपाका उमेश खरेल, ओम बिमली लगायतले बोलेका थिए । समितिका सल्लाहकार हरिनारायण भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव हरि भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here