सगरमाथाले सेवालाई व्यवस्थित गर्दै

0
46

बिर्तामोड ।

सगरमाथा यातायात प्रालिले यात्रुहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न सेवा सञ्चालन गर्ने भएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा सेवा प्रवाह गर्दै आएको सगरमाथा यातायातले यात्रुहरुको मागलाई ध्यानमा राखेर व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले विभिन्न स्थानमा रहेका स्टेशन इञ्चार्जहरुसँग अन्तरक्रिया तथा छलफल गर्नुका साथै उनीहरुलाई सम्मान गरिएको छ ।

सगरमाथा यातायातका अध्यक्ष नवीन कोइरालाले कोशी प्रदेशका स्टेशन इञ्चार्जहरुलाई सम्मान गरिएको जानकारी दिए । झापाको काँकरभिट्टा, दमक, बिर्तामोड, विराटनगर तथा धरान लगायतका स्टेशन इञ्चार्जहरुलाई सम्मान गरिएको जानकारी दिए ।

केही समयमा नै सगरमाथा यातायात प्रालिले छ वटा बस थप सञ्चालनमा ल्याउने बताउँदै त्यसपछि विरामी तथा डायलासिस सेवा लिइरहेका विरामीहरुलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराउने उद्देश्य रहेको सगरमाथा यातायात प्रालिका प्रबन्धक निर्देशक प्रवीन थापाले बताए ।

सगरमाथा यातायातले कोशी प्रदेशका साथै अन्य प्रदेशहरुमा समेत आफ्ना सेवाहरु सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष कोइरालाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here