३०औं विश्व आदिवासी दिवसमा नेफिन अर्जुनधाराको विविध कार्यक्रम

0
31

अर्जुनधारा ।

३०औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) अर्जुनधारा नगर समन्वय परिषद्ले शुक्रबार विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।

“पहिचान, अधिकार सुनिश्चतताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान र सीपको प्रबद्र्धन गर्दै पुख्र्यौली भूमी, भाषा र संस्कृतिको संरक्षण गरौं” भन्ने मुख्य नारासहित अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

परिषद्का अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रका तीन जना व्यक्तित्वलाई नगद पुरस्कार र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा फुटबल प्रशिक्षक एवम् झापा जिल्ला फुटबल संघका अध्यक्ष अर्जुनधारा–९ निवासी भगिरथ आले “मामा”, फिफा रेफ्री अर्जुनधारा–६ निवासी श्याम दनुवार र २०७५ साल पुस १० गतेदेखि १६ गते सम्म चीनमा सम्पन्न भएको दी वल्र्ड हिरो कप च्याम्पियनसीप–२०१८की स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी अर्जुनधारा–९ निवासी एन्किला राई रहेका छन् ।

त्यसैगरी कार्यक्रममा तामाङ समुदायको तामाङ सेलो, दनुवार समुदायको गीत, राई समुदायको साकेला सिली, लिम्बू समुदायको केलाङ माङलाङ आदि प्रस्तुत गरिएको थियो ।

परिषद्का सल्लाहकार कृष्णकुमार थेवेले विश्व आदिवासी दिवसको औचित्य र आदिवासी बारे प्रकाश पारेको कार्यक्रममा वडाध्यक्षहरु कुमारप्रसाद उप्रेती, भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनाम, परिषद् झापाका अध्यक्ष पाण्डवलाल चौधरी, किरात राई यायोक्खा अर्जुनधाराकी सल्लाहकार कुसुम थुलुङ राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

परिषद्का उपाध्यक्ष भीम श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव विजय साम्पाङ राईले गरेका थिए । उद्घाटन कार्यक्रम अघि परिषद्मा आबद्ध विभिन्न जातीय संस्थाका झाँकी सहितको ¥यालीले शनिश्चरे बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here