सक्षम इन्भेष्टमेन्टको दोस्रो साधारण सभा सम्पन्न

0
66

अर्जुनधारा ।

झापाको बिर्तामोड–५ स्थित सक्षम इन्भेष्टमेन्ट प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि सल्लाहकार सेमन्त बरालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक सुरेश विष्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा शेयर पूँजी ६५ लाख चार हजार रुपैयाँ, खुद आम्दानी ११ लाख ८३ हजार नौ सय ६१ रुपैयाँ र जगेडा कोषमा दुई लाख ४८ हजार सात सय ७१ रुपैयाँ रहेको छ ।

त्यसैगरी कार्यक्रममा संस्थाको वर्तमान अवस्था, रणनीति र भावी योजना बारे संस्थाका कोषाध्यक्ष राजन वाग्लेले स्पष्ट पारेका थिए । संस्थाका सदस्य रुपेश बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रकाश भट्टराईले गरेका थिए ।

२०७९ सालमा स्थापना भएको उक्त संस्थाको हाल ५० जना सदस्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here