सुन्दरहरैचामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

0
23

मोरङ,

मोरङको सुन्दरहरैचा नगरपालिका- १० बागझोडाका ५८ बर्षीय लक्ष्मण नेपाललाई आफ्नै श्रीमती ४१ बर्षीय पबित्रा फुयल (नेपाल)को हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दुबैजना बिच घरायासी बिषयमा सामान्य वाद बिबादको क्रममा नेपालले धारिलो हतियार खुकुरीले शरिरको बिभिन्न भागमा प्रहार गर्दा घाईते भएकी नेपाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको थियो ।

श्रीमानले श्रीमतीलाई जथाभावी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अनुसार, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । प्रहरीका अुसार अंश विवादका कारण पवित्राको हत्या भएको पत्ता लागेको छ ।

श्रीमान–श्रीमतीले नै यसअघि अदालतमा एकअर्काविरुद्ध मुद्दासमेत हालेको प्रहरीले जनाएको छ । पछि दुवै जना मिलेर बस्नेगरी मिलापत्र भएको अनुसन्धानबाट थाहा हुन् आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

हत्यामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रकृया अगाडी बढाएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here