इमान्दारिता नभए विज्ञताको अर्थ छैनः नारायणमान बिजुक्छेँ

0
6
भक्तपुर,
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जुनसुकै पेशा, व्यवसाय तथा क्षेत्रमा  इमान्दारिता सबैभन्दा  ठूलो विषय भएको बताउनुभएको छ ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर आयोजना गरेको पुरस्कार वितरण एवं अभिनन्दन कार्यक्रममा उहाँले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार हुन अत्यन्तै जरुरी रहेको बताउनुभयो । अनुशासन छैन भने विज्ञताको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले युवा पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले नेपालको वरिष्ट पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गर्नुभयो । साथै विभिन्न विधामा निःशुल्क प्रशिक्षण दिने प्रशिक्षकहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।
संस्थाले यसवर्ष एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४६० जनालाई विभिन्न १० वटा तालिम दिएको जनाएको छ । संस्थाले हालसम्म विभिन्न विधामा छ हजार सात सय ८० जनालाई विभिन्न तालिम प्रदान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here