कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी

0
10
विराटनगर,
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताउनुभएको छ ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग मुख्यमन्त्री कार्यालयको सभाहलमा भएको भेटघाटमा उहाँले उक्त सम्मेलनले निर्यात बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले विसं २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने सरकारको योजनालाई मूर्तरुप दिन अहिलेदेखि नै आवश्यक तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोशी प्रदेश सरकार विस्तार गर्ने क्रममा छु र सकेसम्म नौ वटा मन्त्रालयभन्दा बढी नबनाउने सोचसहित नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुन्छ ।”
उहाँले संसद्को अधिवेशन सुरु भएपछि छ÷सात वटा ऐन संशोधनका तयारी भइरहेको बताउनुभयो । त्यस अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here