झापामा बैकिङ कसुरका मुद्दा बढ्यो,अनुचित लेनदेन पनि उस्तै

0
42

बिर्तामोड।

झापामा बैकिङ कसुरका मुद्दा बढेको छ । बैकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको हो । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता हुने गरेका छन् ।

विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा बढ्दै गएको प्रहरीले जनाएको छ ।

झापामा पछिल्लो तीन वर्षमा बैकिङ कसुरका मुद्दा बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९मा बैकिङ कसुरका एक सय ४६ वटा मुद्दा दर्ता भएका थिए । उक्त अपरामा संलग्न १६ जना पक्राउ परे भने एक सय ३६ जना फरार रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७९/०८०मा दुई ४३ वटा मुद्दा दर्ता हुँदा चार जना मात्रै पक्राउ परेका थिए भने २५३ जना फरार रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१मा दुई सय ५६ वटा बैकिङ कसुरका मुद्दा दर्ता भएका थिए । उक्त घटनामा संलग्न १८ जनालाई पक्राउ गरिए पनि दुई ४८ जना फरार रहेको प्रहरीले जनाएको छ । बैकिङ कसुरका मुद्दामा पीडितले देवानी कानुन अनुसार अदालत पनि जान सक्ने र फौजदारी कानून अनुसार प्रहरीमा पनि जान सक्ने भएकाले धेरै जसो पीडितहरु प्रहरी कहाँ आउने गरेको प्रहरी प्रवक्ता चन्दले बताए । उनले भने– अहिले बैंकमा पर्याप्त रकम नभई चेक दिनु र उक्त चेक बाउन्स भएमा त्यो नै अकाट्य प्रमाण हो । प्रहरीले बैकिङ कसुरका मुद्दामा संलग्नहरुलाई मेलमिलाप गर्न पाउने प्रावधान अनुसार दुवै पक्षले लेनदेन मिलेमा मिलापत्र गराएर पनि छाड्न सक्ने प्राावधान रहेको छ ।

देशमा देखिएको आर्थिकमन्दीको असर अहिले देखा पर्न थालेको हो । विगतमा तमसुक तथा कावग गरेर कारोबार गर्नेहरु अहिले बैंकिङ प्रणाली मार्फत अर्थात चेक लिएर मात्र कारोबार गर्ने क्रम बढेकाले पनि यस सम्बन्धि मुद्दाहरु बढ्दै गएको डीएसपी चन्दको भनाइ छ ।

उनले पछिल्लो समय बैकिङ कसुरका मुद्दाका लागि जिल्ला अदालतबाटै अनुमति लिएर पक्राउ गर्न सकिने भएकाले पनि यसको संख्या बढेको बताए । उनले भने– विगतमा बैकिङ कसुरका मुद्दामा उच्च अदालतबाट अनुमति लिएर पक्राउ गर्नुप¥यो त्यसैले पनि यसको संख्या कम भए पनि अहिले जिल्लाबाटै मुद्धामा अनुमति लिएर अनुसन्धान गर्न सकिन्छ ।

चेक बाउन्स किन बढ्यो ?

बैंकिङ कसुर सम्बन्धी मुद्दा सबै जिल्ला अदालतमा चल्ने निर्णय गरेसँगै मुद्दा संख्या बढेको बताइएको छ । यो झापामा मात्र नभई देशभर नै बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बैंकिङ कसुर बढ्नुमा आर्थिकमन्दी मुख्य कारण रहेको डीएसपी चन्दले बताए । ठगीमा संलग्न व्यक्ति र समूहले ठगी गर्ने उद्देश्यले पैसा लिएर चेक दिने गर्छन् । आजभोलि चेक ठगीको माध्यम बनेको छ । मिटरब्याजको कारण पनि चेक बाउन्सका मुद्दा बढेका छन् । मिटर ब्याजमा लगाउनेहरूले थोरै पैसा दिएर धेरै रकमको चेक लिने गर्छन् । सो कारोबार ‘बैकिङ कसुर’मा परिणत हुने गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारको नाममा ठगी गर्ने र मिलापत्र गर्ने नाममा जानाजान खातामा पैसा नभएको चेक दिने प्रचलन छ । आपराधिक प्रवृत्तिका मान्छेले चेकको दुरुपयोग गर्छन् । आर्थिक कारोबार गर्नेहरूले तमसुकको अतिरिक्त चेक लिन थालेकाले समेत यस्ता मुद्दा बढेको प्रहरीले जनाएको छ ।

बैंकिङ ठगी, भुक्तानी ठगी, कर छलीजस्ता अपराध वित्तीय अपराधमा पर्ने जनाइएको छ । वित्तीय अपराध तथा अकुत आर्जनले मुलुकको अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा धकेल्छ । त्यति मात्र होइन तस्करी, ठगीबाट पनि औपचारिक अर्थतन्त्रको आकार बढ्न यस बैकिङ क्षेत्रका जानकारहरुको भनाई छ ।

अनुचित लेनदेनका मुद्दा पनि उस्तै

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेको छ ।

झापामा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि एक सयवटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । १५ वटा मुद्दा दर्ता गरेर र ५३ वटा मा सहमति भएको भएको छ । उक्त सहमतिमा दुई करोड ८४ लाख ८१ कजार र एक बिगाह १४ कठ्ठा पाँच धुर जग्गा फिर्ता भएको प्रहरीले जनााएको छ । अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जिल्ला प्रशासन कार्यालय झापाामा ८३ वटा र जिल्ला प्रहरी कार्यालय झापामा १७ वटा उजुरी दर्ता भएका थिए ।

मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’का रूपमा परिभाषित गरिएको जनाइएको छ । प्रहरीले पीडितलाई न्याय दिने उद्देश्यले काम गरिरहेको डीएसपी चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here