फाइनलमा पुगेकी समिक्षा आफू पढ्ने स्कुलमा पुग्दा जे देखियो

0
17

मोरङ,

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाल फाइनलिस्टमा पुगेपछि उनी अध्यनरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले भव्य स्वागत गरेको छ।

सुन्दरहरैचाको सलकपुरमा रहेको उक्त स्कुलले सोमबार भव्य स्वगत गरेको हो। उनको घर बिरातचोकबाट र्याली सहित आफू पढ्ने स्कुलमा पुगेकी उनलाई ब्राइट फ्युचरका प्रिंसिपल टिका राम ढकाल सहित बिद्यालय प्रशासनले भव्य सम्मान गरेको छ ।

सबै विद्यार्थीमा भोट अपिल गर्दै उनले गीत पनि सुनाइन्। गीत गाउदै सँगै भोट माग्दै उनले शिक्षक र विद्यार्थीसँग खुसियाली साटेकी छिन्। स्कुल पनि उनलाई बिजेताको रुपमा हेर्न चाहेको भन्दै सक्दो भोट गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

उनले सोमबारै सुन्दरहरैचामा रहेको विभिन्न स्कुलहरुमा पुगेर गीत सुनाउदै भोट अपिल गरेकी छिन्। उनलाई संगीत सिकाउने सप्तक कला केन्द्र सलकपुरका प्रमुख देवराज ढकाल पनि समिक्षा अत्यन्तै मेहनती तथा उनको भोइस गड गिफ्ट भएको भन्दै उनलाई जिताउन घाम पानी नभनी खटिरहेका छन्।

सम्भव भएसम्म सबै विद्यालय तथा चोक- चोकमा पुगेर भोट अपिल गर्ने कला केन्द्र सलकपुरका प्रमुख ढकालले बताए। समीक्षा कोच मिलन नेवारको टीमबाट फाइनलमा प्रवेश गरेकी हुन्।

‘द भ्वाइस किड्स’ सिजन ३ को फिनाले आउँदो शनिबार आयोजना हुँदैछ । सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here