बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
181

झापा ।

झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित कुटिबाट राजगढ तर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करवाट एक पैदलयात्रीको मृत्यु भएको हो। मे ४ प ५१५६ नम्बरको मोटरसाईकलको ठक्करवाट घाइते पैदल यात्री बाह्रदशी–१ नयाँबस्तीका ४२ वर्षका च्याङवा तामाङको मृत्यु भएको हो ।

घाइतेको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पताल मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलपछाडि सवार जिल्ला झापा कचनकवल गाउँपालिका–१ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते छन् ।

मोटरसाइकल चालक कचनकवल गाउँपालिका–१ पिण्डलबारीका १९ वर्षीय देवराज राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला कार्यालय झापाकाम प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here