सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

0
27

इनरुवा,

बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबीच सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सर्वपक्षीय बैठक गरी विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलगायतबीच छलफल गरेको थियो । बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबैपक्षलाई सार्वजनिक आह्वानसमेत गरेको छ । परम्परागत चाडपर्व मनाउने बाहेक प्रशासनको अनुमतिबिना धार्मिक भेला तथा सभासमेत नगर्ने सहमति भएको प्रजिअ तिवारीले बताउनुभयो ।

बैठकले सुनसरीको धरानलगायतका क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबाट सामाजिक सद्भाव खलबलिन नदिन आगामी साता धार्मिक सद्भाव ¥याली निकाल्ने निर्णयसमेत गरेको छ ।

बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि आह्वान गरिएको बैठकमा प्रशासनले सीमा क्षेत्रमा विशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here