भद्रपुरका सिर्जन आठ दिनदेखि सम्पर्कविहीन

0
1

झापा । 

झापाको भद्रपुरका २० वर्षीय सिर्जन शिवाकोटी परिवारको सम्पर्क बाहिर रहेको आठ दिन भयो ।

साता बितिसक्दा समेत उनी सम्पर्कमा नआएपछि परिवारको उनको खोजी गरिदिन आग्रह गरेका छन् ।

भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम शिवाकोटीका २० वर्षीय छोरा सिर्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन २२ गते मंगलबार बिहान ११ बजेको समयमा चन्द्रगढी बजार जान्छु भनी घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here