मिस्टर नेपालको फाइनलमा पुगेका चौहानलाई जिताउन अपिल

0
3

पथरी शनिश्चरे ।

मिस्टर नेपालको फाइनलमा पुगेका मोरङ पथरीशनिश्चरेका युवा प्रकाश चौहानका जिताउन परिवारले भोटको अपिल गरेका गर्नुभएको छ।

पथरीशनिश्चरे—४ का प्रकाश चौहान मिस्टर नेपाल बर्ष २०२४ को फाइलनमा पुग्नुभएको छ । भदौ पहिलो साता फाइनल हुने मिस्टर नेपालको नतिजा एसएमएस भोट बढी ल्याउने प्रतिस्पर्धीले जित्नुहुनेछ।

प्रकाश चौहान अडिसनको साथै विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ । चौहानलाई जिताउन पथरी जेसीजले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भोट अपिल गरेका गर्नुभएको हो ।

पथरी जेसीजका अध्यक्ष राज तिरुवाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रतिस्पर्धी प्रकाश चौहानका बुवा गणेश चौहान, आमा प्रमिला र दिदी सरस्वती चौहानले भोट दिएर जिताउन आनुरोध गरिएको हो।

पत्रकार सम्मेलनमा पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष पर्शुराम कार्की, जेसीज टिम लगायत उपस्थिति रहेको थिए । चौहानलाई भोट गरेर जिताउन अपिल गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here