बिर्तामोड राउन्ड टेवल २७ को अध्यक्षमा गोयल

0
4

बिर्तामोड ।

बिर्तामोड राउण्ड टेबल २७ को अध्यक्षमा मनोज गोयल सर्वसम्मत चयन भएका छन् । बिर्तामोड राउण्ड टेबल २७ को सातौ वार्षिक साधारण सभाले गोयललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको संस्थाका सचिव विकाश अग्रवालले जानकारी दिए । समितिको उपाध्यक्षमा विकास अग्रवा , सचिव दिपक मित्तल र कोषाध्यक्ष रमण गोयल सर्वसम्मत चयन भएका हुन् ।

राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष नितेश अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सामाजिक क्रियाकलापमा सक्रिय बिर्तामोड राउण्ड टेबल २७ ले वर्ष २०८०/०८१ मा गरेका सामाजिक कामहरुको प्रशंसा गर्दै प्रमुख अतिथि अग्रवालले आगामी कार्यकालको सफलताको शुभकामना दिए ।

क्लवका सदस्य अमन मिंडाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बिर्तामोड राउण्ड टेबल २७ का पदाधिकारी लगायतको सहभागिता रहेको थियो । ‘Building Bonds, Making a Difference.’ भन्ने मूल नाराका साथ यो वर्ष शिक्षा क्षेत्रमा संस्थाले विभिन्न सामाजिक काम गर्ने अध्यक्ष गोयलले जानकारी दिए । कार्यक्रममा सचिव अग्रवालले पेश गरेको प्रतिवेदन साथै कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको निवर्तमान अध्यक्ष निरज चौधरीले जानकारी दिए ।

४० वर्ष उमेर सम्मको मात्र सदस्यता रहने उक्त संस्थाका संस्थापक अध्यक्ष बिबेक गुप्ता, सदस्यहरु सञ्जिव घिमिरे , नविन अग्रवाललाई सम्मान गरिएको थियो। नवनिर्वाचित सचिव मित्तलले कार्यक्रममा उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको कार्यक्रम संयोजक मिंडाले बताए । कार्यक्रमको संचालन संस्थापक अध्यक्ष विवेक गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here