लागूऔषधसहित पाँच जना पक्राउ

0
3

विराटनगर ।

सुनसरी र उदयपुरबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–१मा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट एक ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेंगै इटहरी उप–महानगरपालिका–१७ का २० बर्षीय अब्बास मिया र २८ बर्षीय मो.सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको हो ।

त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०१–००३ प ७०७० नम्बरको मोटरसाईकलबाट लुकाईछिपाई ल्याउदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक बेलका नगरपालिका– ९ का २४ बर्षीय प्रबिन राई र मोटर साईकलमा पछाडी सवार बेलका – ७का २१ बर्षीय रोशन राईलाई बेलका–१ बाट पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here