सुन्दरहरैचामा अपांगता भएका बालकको परिवारलाई बाल सञ्जालको सहयोग

0
27

मोरङ,

वडा बाल सन्जाल कमिटी सुन्दरहरैचा १० मोरङले अपांगता भएका एक बालकको परिवारलाई सहयोग गरेका छन ।

किस्ती बाँध निबासी दिल बहादुर र इन्द्रमाया राउतका अपांगता भएका १५ बर्षिय छोरा जगत राउतलाई उनीहरुले खाद्यन्न सहयोग गरेका हुन । बालक शारीरिक र मानसिक रुपले आसक्त हिंडडुल गर्न, बोल्न नसक्ने अबस्थामा रहेका छन् ।

घरको आर्थिक अवस्था समेत कमजोर रहेकोले खाद्यान्न सामग्री वितरण गरेको बाल सन्जाल कमिटी सुन्दरहरैचा १० का अध्यक्ष अर्जुन दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here