भारतीय गोर्खा भूतपूर्व सैनिक संघको छैटौं साधरणसभा सम्पन्न

0
126

रत्नबहादु बस्नेेत,
बिर्तामोड ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तााामोड, झापाको छैटौं वार्षिक साधरणसभा सम्पन्न भएको छ।

संघले बिर्तामोडमा छैटौं वार्षिक साधरणसभा तथा ७८ अौंं भारतीय स्वतन्त्रता दिवसको शुुुभकामना आदानप्रदान कार्यक्रम सम्पन गरेको हो।

भारतीय भूतपूर्व सैनिक संघका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा भूपू मेजर श्यामबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी राईले स्वागत गरेकी थिइन्।

प्रमुख अतिथि पूर्व मेजर गुुरुङले सम्बोधन गर्दै अवकास प्राप्त सैनिकका परिवारको हकाहितका लागि संघले महत्वपूर्ण कार्यहरु गर्दै आएकोले गर्व गर्नुुुपर्नेे र अझ संगठित भई अग्रसर बन्नुपर्ने बताए। उनले संघले अघि सारेका भावी कार्ययोजनामा साथ सहयोग गर्दैै सफल बनाउनुु पर्नेमा जोड दिए।

संघका अध्यक्ष कन्दङ्वाले कार्यसमितिको तर्फबाट संस्थाका गतिविधि तथा भावी योजनासहित वार्षिक प्रतिवदेन प्रस्तुत गरेका थिए। उनलृे संगठित भई सेवानिवृत भारतीय गोर्खा सैनिकको हकहितका काम गर्न बिर्तामोडमा सविधा सम्पन्न भूतपूर्व सैनिक भवन तथा कार्यालय निर्वाणका लागि अनुमानित ३ करोड लागत बजेटको भावी कार्ययोजनासहितको अवधारणा प्रस्तुुुत गरेका थिए। त्यस्तै कोषाध्यक्ष तारामणि श्रेष्ठले आयव्ययसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमख अतिथि पूर्व मेजर श्यामबहादुर गुरुङ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड -५ का निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, किरात कल्याण संघ बिर्तामोड-५ का अध्यक्ष तथा कियाचु बिर्तामोड नगर सल्लाहकार धनराज योङहाङ, आसाम राइफल भूपू संघ जिल्ला अध्यक्ष भूपू सुबेदार मेजर डीबी खातीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

सोही अवसरमा भारतीय गोर्खा भूपू पूर्वाञ्चल अन्तर ब्याडमिन्टन प्रतियोगितामा सहभागी भई विजयी हुने विष्णु तामाङ र नरेश गुरुङलाई सम्मान गरिएको थियो। यसैगरी संघमा आबद्ध नयाँ १९ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको सहसचिव शिवकुमार सम्बाहाम्फेले जानकारी दिए।

संघको बन्दसत्रमा सम्पर्ण प्रतिवेदन पास गर्नुको साथै विनियम संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरिएको सदस्य शेरबहादुर गुरुङले जानकारी दिए। विस २०७० सालमा स्थापित संघको कार्यक्षेत्र माइपूर्वका बिर्तामोड नपा, मेचीनगर नगरपालिका, अर्जुनधारा नपा, बाह्रदशी गाउँपालिका र बुद्धशान्ति गाउँपालिका रहेको छ।

कार्यक्रमा गोर्खा भूतपूर्व सैनिक महिला संघलगातका कलाकारले सांस्कृतिक नृृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर मादेनले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here