सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिम पहिरो

0
15

 

झापा, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा भीषण हिम पहिरो गएको छ। हिमपहिरोपछि दूधकोसी क्षेत्रमा ठूलो बाढी समेत आएको छ।


हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म विवरण आइसकेको छैन। प्रहरी नायब उपरीक्षक ९डीएसपी० द्वारिका प्रसाद घिमिरेका अनुसार, अहिले विवरण संकलन गर्ने कार्य भइरहेको छ। स्थानीय क्षेत्रमा सुरक्षा प्रदान गर्न आफूहरूको टोली खटिएको पनि उनले बताए।दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।

खुम्बु पासाङ ल्यामु, माप्यदूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी सीडीओ देवी पाण्डे खत्रीले ३ वटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिइन्।

उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ। अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here