पूर्वी नेपालका अर्थोपेडिक चिकित्सकहरु संगठित, मेची च्याप्टरको अध्यक्षमा डा. लक्ष्मी मैनाली

0
8

बिर्तामोड ।

पूर्वी नेपालका अर्थोपेडिक चिकित्सकहरु संगठित भएका छन् । पूर्वका चारवटा जिल्लाका अर्थोपेडिक डाक्टरहरुले नेपाल अर्थोपेडिक एशोसिएशन मेची च्याप्टर नाम दिएर संगठित भएको हुन् ।

गठित एशोसिएसनको मेची च्याप्टरको अध्यक्षमा डा. लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् भने एशाृेशिएसनको नियमानुसार आगामी कार्यकालका लागि अध्यक्षमा डा.आनन्दराज खनाल चयन भएका छन् ।

१५ सदस्यीय गठित नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा डा.प्रेमबहादुर शाही, उपाध्यक्षमा डा. कुमोदकुमार लिम्बू र डा. सन्दिप अधिकारी, महासचिवमा डा. रुपेशजंग बेलवासे, कोषाध्यक्षमा डा. मनोजकुमार शाह, सह–सचिवमा डा. नबिनकुमार सिंह, सह–कोषाध्यक्षमा डा. कृष्णकान्त यादव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डा. राजिव शाह, डा. रोशन अटल, डा. प्रबिन तिम्सिना, डा. प्रबिन चौधरी र डा. ललीत बोहोरा चयन भएको बरिष्ठ उपाध्यक्ष शाहीले जानकारी दिए । एशोसिएसनको प्रमुख सल्लाहकारमा डा. निराजनप्रसाद पराजुली रहेका छन् भने साइन्टीफिक कोअडिनेटरमा डा.अनुप पोखरेल चयन भएका छन् ।

दुई बर्षको कार्यकाल रहने एशोसिएसनले शुक्रवार बिर्तामोडमा स्थापना कार्यक्रमको आयोजना गरी नव गठित पदाधिकारी तथा सदस्यको नाम घोषणासँगै समितिलाई सपथ ग्रहण गराएको छ । एशोसिएसन मेची च्याप्टरका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले अध्यक्षता तथा स्वागत गरेको कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. बिमलकुमार पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एशोसिएनका बरिष्ठ उपाध्यक्ष डा. शाहीले अर्थोपेडिक डाक्टर करिव ३० जना रहेको बताए । उनले १० बर्ष अघिको तुलनामा अर्थोपेडिक उपचारमा धेरै सुधार भएको बताएका छन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

सोही कार्यक्रमकाबीच डा. प्रेमबहादुर शाही र डा. निराजन पराजुलीलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा एशोशिएसन केन्द्रका पूर्व अध्यक्ष प्रोफेसर डा. रमेशकुमार सिंह, डा. रोहित पोखरेल, केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रोफेसर डा. दीपक श्रेष्ठ, महासचिव डा. बिजेन्द्र अधिकारी, डा. अमित जोशी, डा. दमन झा, मोरङ च्याप्टर अध्यक्ष डा. नबिन कर्ण, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, नेपाल मेडिकल एशोसिएसन मेची अध्यक्ष डा. सीपी यादबलगायतको आतिथ्य रहेको थियो ।

नेपालका अर्थोपेडिक चिकित्सकहरु संगठित भएको २६ वर्षपछि पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ्का डाक्टरहरु संगठित हुँदै मेची च्याप्टरको बैधानिक रुपमा स्थापना जनाइएको छ । झापा मेडिकल हबको रुपमा विकास हुँदै गएको भन्दै चिकित्सकहरुले अर्थोपेडिक समस्याका लागि भारत तथा काठमाण्डौंसम्म विरामीले धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । अहिले भारतका विभिन्न राज्यबाट अर्थोपेडिक र आँखा सम्बन्धिका विरामहरु नेपाल उपचारका लागि आउने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here