रत्नबहादर बस्नेत,
बिर्तााामोड।
लेखनाथ पुस्तकालय चन्द्रगडीको आयोजनामा गाईजात्रा विशेष कार्यक्रम सम्पन्न भएको छ।
पुुुस्ततकालयको मासिक साहित्यिक कार्यक्रम सुक्रबारे भेला अन्तरगत गाईजात्राको अवसर पारेर हास्यव्यंग्य रचना वाचनसहित गाईजात्रा विशेष कार्यक्रम सम्पन्न भएको हो।
लेखनाथ पुस्तकालय सञ्चालक समिति उपाध्यक्ष खगेन्द्रा खुशीको अध्यक्षता तथा साहित्यकार प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष गोविन्द कोइरालाले स्वागत गरेका थिए।
कार्यक्रममा साहित्यकार होम सुवेदीले झापामा हास्यव्यंग्य साहित्यको इतिहास र अवस्थाबारे प्रकाश पार्दैै विद्यमान विकृति विसंगति अन्त गर्न हास्यव्यंग्य सशक्त विधा भएको बताए। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. नेपालले नेपाली साहित्यमा हास्यव्यंग्य विधाको महत्व तथा त्यसमा झापाको योगदानको चर्चा गर्दै यतिबेला काठमाडौंमा समेत हास्यव्यंंग्य क्षेत्रलाई झापाले नेतृत्व गरेको बताए।
कार्यक्रममा साहित्यिक स्रष्टाहरु केशव आचार्य, विरही अधिकारी, टंक विकल्प, गणेश निरौला, रत्नबहादुर बस्नेत, उषा गुरुङ, तीर्थ चापागाईं,हरिप्रसाद न्यौपाने,महृेन्द्र भट्टराई, जय भण्डारी, मीना अधिकारी, निर्मला बास्तोला,राजेश ढुंगाना,आरती पोखरेल,फडिन्द्र पोखरेल, आरती अधिकारी, महिन्द्र कोइराला, शालिकराम भट्टराई, सत्यनारायण राय, लीला भट्टराई, गोविन्द कोइरालालगायतले हास्यव्यंग्य रचना वाचन गरेका थिए।
कृष्णद्वैपायन गरुकुलका वटुकद्वारा स्वस्ती वाचनसहित उदघाटन गरिएको कार्यक्रममा रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा ओली, दुर्गा भट्टराईलगायले शुभकामना मन्तव्य राखेकाा थिए। कार्यक्रमको सञ्चालन चन्द्रमणी पौडेलले गरेका थिए।