चार जिल्लामा ८५ योजना सम्पन्न

0
2

भद्रपुर (झापा), 

सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आव २०८०/८१ का लागि विनियोजित रु एक अर्ब १८ करोड १६ लाखमध्ये रु ९९ करोड ६७ लाख १९ हजार खर्च भएको छ ।

आयोजनाको ८४ दशमलव ३५ प्र्रतिशत वित्तिय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन् ।

“आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थान विभाग, सङ्घीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रमगरी नौ वटा योजना सञ्चालनमा छन्”, उहाँले भन्नुभयो ।

भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर रु एक अर्ब ४५ करोड ७४ लाखमा सम्पन्न भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय रु दुई करोड २४ लाखको लागतमा सम्पन्न भएको छ ।

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७ दशमलव ९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ । त्यस्तै आयआर्जन हुने पूवाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषिउपज सङ्कलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here