महिलाहरुको सशक्त र अर्थपूर्ण– महामन्त्री शर्मा

0
8

काँकरभिट्टा । महिलाहरुको क्षमता अभिबृद्धि र सशक्तीकरणका लागि नेपाल महिला संघ झापाको आयोजनामा जारी अभिमुखीकरण प्रशिक्षण कार्यक्रम झापा क्षेत्र नं–१ मा सम्पन्न भएको छ । 

नेपाल महिला संघ झापाको आयोजना एवं १ नम्बर क्षेत्रीय समितिको संयोजनमा काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवं कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता बसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाहरुको सशक्त र अर्थपूर्ण सहभागीताले हरेक क्षेत्रमा परिवर्तन सम्भव रहेको बताउँदै क्षमतावान महिलाहरुको राजनीतिसहित हरेक क्षेत्रमा उज्वल भविष्य रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले लोकतन्त्रपछि केही भएन भन्ने भनाई सत्य नभएको बताउँदै पञ्चायतदेखि अहिलेसम्मको फरक अवस्था आफ्नै गाउँ–ठाउँमा नियाल्दा भेटिने बताए ।

कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेश सांसद गोपाल तामाङ, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीलगायतले मन्तब्य राखेका थिए ।

नेपाल महिला संघ १ नम्बर क्षेत्रीय सभापति रचना घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ज्ञानु थापाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here