निः शुल्क स्वास्थ्य शिविरबाट सात सय नागरिक लाभान्वित

0
2

धरान (सुनसरी),

कोशी प्रदेश प्रहरी अस्पतालमा भएकोे निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भएका छन् ।

प्रहरी अस्पतालको आयोजना र यहाँस्थित देवानगञ्ज गाउँपालिकाको व्यवस्थापनमा आज भएको एकदिने शिविरबाट सात सयभन्दा बढी नागरिक लाभान्वित भएका अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा सरोज सिंहले जानकारी दिनुभयो । शिविरमा नाक, कान, घाँटीका साथै रगत, सुगर, प्रेसर जाँच र इसीजीलगायत सेवा प्रदान गरी निःशुल्क औषधिसमेत वितरण गरिएको डा सिंहले बताउनुभयो ।

कोशी प्रदेश प्रहरी अस्पतालले गरिरहेको सेवाको प्रचारका लागि शिविर आयोजना गरिएको उहाँको भनाइ छ । “धेरै जनामा प्रहरी अस्पतालले प्रहरी र तिनका परिवारको मात्र उपचार गर्छ भन्ने भ्रम छ । जसलाई चिर्न निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । ”

शिविरमा प्रदेश प्रहरी अस्पतालका साथै इनरुवा अस्पताल र सप्तकोशी न्यूरो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा वरिष्ठ मुख तथा अनुहार शल्य चिकित्सक, वरिष्ठ जनरल फिजिसियन, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ, वरिष्ठ अर्थोपेडिक विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञले सेवा प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here