परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता जरुरीः महामन्त्री शर्मा

0
3
बनियानी (झापा),
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताउनुभएको छ ।
नेपाल महिला सङ्घ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा गर्नुहुँदै उहाँले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताउनुभयो ।
“मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ ।”
नेपाल महिला सङ्घ १ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको अभिमुखीकरण प्रशिक्षणमा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवम् कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता वसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला सङ्घका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला सङ्घ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल महिला सङ्घ झापा अध्यक्ष टीका सिटौला मैनालीलगायतले मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here