अवैध कारोवारमा संलग्न १३ जना पक्राउ

0
2

पथरी शनिश्चरे ।

इलाका प्रहरी कार्यालय पथरी मोरङले अवैध कारोवारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीमा एक महिना अघि कार्यभर सम्हालेका प्रहरी नायव उपरीक्षक मोहन विक्रम दहालले लागूपदार्थ दुर्व्यसनी नियन्त्रणमा सक्रियता देखाएका हुन्।

डीएसपी दाहालले मोरङको रानी नाकापछि पथरी शनिश्चरे क्षेत्र लागूपदार्थ दुर्व्यसनीको हब बनेको आफुले थाहा पाएको जनाउँदै यस्तो समस्या नियन्त्रणका लागि यहाँका विभिन्न संघ संस्था तथा नागरिक समाजका अगुवाहरुको सहभागितामा नगरभित्र लागूऔषध दुव्र्यसनी, अवैध चोरीनिकासी र अपराधिक गतिविधी न्यूनिकरणका लागि विशेष अभियान नै थालनी गरेका छन् ।

अभियानकै क्रममा उहाँले सालकको खपेटा सहित ५ जना र ब्राउन सुगर, ट्रमाडोल, डिकोलिक सहित ८ जना पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो।
चोरीनिकासी गरि बिक्रीका लागि भारत लैजान लागेको ५ केजी बढि सालकको खपेटा सहित मोरङ रंगेली नगरपालिका वडा नं १ का ४५ बर्षे गगन गच्छदार, सप्तरी कन्चनपुर नगरपालिका वडा नं ५ का ३५ बर्षका बासुदेव सरदार, उदयपुरका ४८ बर्षे कृष्णराज मगर, वडा नं ६ का डिक बहादुर पूर्वछाने मगर, सप्तरी कृष्णसवरण वडा नं १ का ५५ बर्षका उमेशप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गगन गच्छदार र बासुदेव सरदारलाई भदै १ गते ८५० ग्राम सालकको खपेटा सहित पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई मोरङको कानेपोखरी-७ बाट सालकको खपेटा ओसारपसारमा गर्दै गरेको अवस्थामा प्रदेश १–०२–०५२ प ११६७ नं को मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका गच्छदार र सरदार माथि अनुसन्धान गर्दा सोहि दिन उदयपुरका ३ जनालाई पक्राउ गरेको थियो ।

उदयपुरमा ४ केजी ५८४ ग्राम सहित उदयपुर बेलका ३ बस्ने बर्ष ४८ का कृष्ण राज मगर, सोहि नगरपालिकाको वडा नम्बर ६ का डिकबहादुर पूर्वछाने मगर, सप्तरी कृष्ण सवरण वडा नं १ का उमेशप्रसाद चौधरीलाई चोरी पैठारी निकासी गरेको अवस्थामा सालकको खपटा सहित पक्राउ गरिएको डीएसपी मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here