अदालतले म्याद नथपेपछि पावरटेकका संचालक मेचे रिहा

0
8

झापा । बाल यौन दुरुपयोग गरेको उजुरीका आधारमा पक्राउ परेका पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे रिहा भएका छन् ।
अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुरुपयोग गरेको आरोपमा मेचे सहित सोही कम्प्युटर इन्स्टिच्युटका शिक्षक नारायण खनाल पक्राप परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीले उनीहरुलाई अनुसन्धानका लागि ल्याएकोमा अदालतले मेचेको हकमा म्याद थप नगरेकाले उनलाई रिहा गरेको प्रहरीले जनाएको छ । तर खनाललाई भने हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत एक जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मेचे र खनाललाई पक्राउ गरेको थियो । कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले बाल यौन दुरुपयोग गरेको उजुरी परेसंगै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लैजाने, आइफोन किनिदिनेजस्ता प्रलोभन देखाउने, संवेदनशील अंगमा छुने,सुम्सुम्याउने , व्याक टच गर्ने ,नदिए ओजेटीको प्रमाणपत्र नदिनेजस्ता धम्की देखाएपछि विद्यार्थीले अभिभावकलाई सुनाएका थिए । लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराएसंगै प्रहरीलाई खवर गरेका थिए ।
विद्यालयका विद्यार्थीहरु ५० दिनको लागि ओजेटीमा पावरटेक कम्प्युटरमा सिक्न गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here