गढी गाउँपालिकामा टाउको नभएको पुरुषको शव फेला

0
12

इटहरी, सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक व्यक्तिको हत्या भएको आशंका गरिएको छ । टाउको नभएको अवस्थामा एक पुरुषको शव फेला परेसंगै उनको हत्या भएको हुनसक्ने आंशका गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार टाउको नभएको अवस्थामा शव फेला परेको हो । गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव भेटिएको सुनसरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
शव भेटिएपछि घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here