माई नगरपालिकाकी सोनु दक्षिण कोरियामा अस्ताइन्

0
18

विमल दहाल

इलाम , ११ दिन अघिमात्र दक्षिण कोरिया गएकी इलाम माई नगरपालिका वडा – १ तिलटारकी २१ बर्षीया सोनु श्रेष्ठको निधन भएको छ।

अध्ययनका लागि ६ महिना अघि दक्षिण कोरिया गएकी सोनु विरामी भएपछि एक महिना अगाडि नेपाल आएकी थिइन्। नेपालमा उपचार गरेर पुनः गत शुक्रबार दक्षिण कोरिया गएकी सोनु कोरिया पुगेको एघार दिनमै ह्दयघातका कारण निधन भएको  पारिवारिक श्रोतले जनाएको छ।

बुवा स्वर्गीय लीलाकुमार र आमा प्रतिमा श्रेष्ठकी छोरी सोनु श्रेष्ठको सोमवार निधन भएको स्वास्थ्य स्वयमसेविका समेत रहेकी मृतकका आफन्त चन्द्रकला श्रेष्ठले जानकारी दिइन् । मृतक सोनुका वुवा लीलाकुमार श्रेष्ठको २ महिना अघि मलेशियामा मृत्यु भएको थियो। वुवाको मृत्यु पछि डिप्रेसनमा परेकी सोनु थप उपचारका लागि नेपाल आएकी थिइन। कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत सोनुको निधन डिप्रेसनका कारण भएको हुनसक्ने पारिवारिक श्रोतले बताएको छ। मृतक श्रेष्ठको शव कोरियाको उल्सानस्थित अस्पतालमा पोस्टमार्टम भैसकेको र शव नेपाल ल्याउने तयारी रहेको बताईएको छ। सोनुका आमा प्रतिमा, एक भाई र एक वहिनी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here