फरुवाले हानेर पुरुषको हत्या

0
6

झापा । सुनसरीको थलाहका स्थानीय ज्ञानचन्द्र ऋषिदेवको फरुवाले हानेर हत्या गरेको खुलेको छ । दुई दिन अघि टाउको र शरीर छुट्टिएको अवस्थामा ऋषिदेवको शव फेला परेको थियो । उनको चन्द्र ऋषिदेवले फरुवाले हिर्काएर हत्या गरेको खुलेको हो । हत्यामा सम्लग्न भएको आरोपमा चन्द्रलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ ।
गत भदौ ३ गते सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा ४६ वर्षीय ऋषिदेवको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार उनको हत्या स्थानीय ३० वर्षीय चन्द्र ऋषिदेवले गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
उनले कोदालो (फरुवा)ले पटकपटक प्रहार गरी टाउको छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा प्रहरीले कुकुरसहित अनुसन्धान सुरू गरेको छ । प्रहरीकाअनुसार ज्ञानचन्दले भाडामा सञ्चालन गर्दै आएको रिङ उद्योगभित्र रहेको टिनको टहरामा चन्दन राति सुत्दै आएका थिए ।
तर, ज्ञानचन्दले त्यहाँ सुत्न नदिएपछि रिसाएका चन्दनले राति निदाएको बेलामा फरुवाले घाँटी काटेर ज्ञानचन्दको हत्या गरेर टाउको अन्तै लगेर फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
टहरामा सुत्न नदिएको झोंकमा सोमबार राति ज्ञानचन्दको क्रूरतापूर्वक हत्या गरेपछि घटनास्थलमै रहेका चन्दनले लगाएको लुगामा रगतको टाटा देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्याको कारण खुलेको थियो ।
प्रहरीका अनुसार हत्या आरोपी चन्दन लागूऔषधसमेत सेवन गर्ने गरेको खुलेको छ । पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here