अर्जुनधारा जलेश्वर धामद्वारा श्रावणी पर्व–२०८१को आय–व्ययविवरण सार्वजनिक

0
26

अर्जुनधारा,पूर्वको पशुपतिनाथले परिचितझापाको अर्जुनधारा–७स्थितअर्जुनधारा जलेश्वर धाममागत साउनमा सम्पन्नभएको श्रावणी पर्व–२०८१को आय–व्ययविवरण सार्वजनिकगरिएको छ ।
मन्दिर व्यवस्थापन समितिकाकोषाध्यक्षमनोज जोशीकाअनुसार उक्तपर्वको जम्माआम्दानी १७लाख ५२ हजार नौ सय ३१ रुपैयाँ, जम्माखर्च दुई लाख ९५ हजार सात सय ७५ रुपैयाँ र जम्मा बचत १४ लाख ५७हजार एक सय ५६ रुपैयाँ रहेको छ ।
जसअनुसार आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार एक सय २० रुपैयाँ, मन्दिर भेटीबाट पाँचलाख ६९ हजार पाँच सय ८१ रुपैयाँ, भूमिदानबाट एक लाखपाँच सय पाँच रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार एक सय रुपैयाँ, शिघ्र दर्शन रसिदबाट ७३ हजार पाँच सय रुपैयाँ, मूलमन्दिर रुद्राभिषेकबाट २६ हजार दुई सय रुपैयाँ, गुरुकुलअक्षयकोषबाट १० हजार पाँच सय ५५ रुपैयाँ, आजीवन सदस्यताबाट छ हजार दुई सय रुपैयाँ र व्यास मर्मतबाट तीनहजार एक सय ७० रुपैयाँ रहेका छन् ।
त्यसैगरी खर्चतर्फ पण्डाल निर्माणमा एक लाख २० हजार रुपैयाँ, मूलमन्दिर रुद्राभिषेक पूजा सामग्रीमादुई लाख रुपैयाँ, अन्यखर्चमा ६० हजार आठ सय ८५ रुपैयाँ, गुरु कर्मचारी दक्षिणामा २४ हजार एक सय रुपैयाँ, मूलमन्दिर पूजाव्यवस्थापनमा २३ हजार एक सय ९० रुपैयाँ, साउण्ड सिस्टममा २२ हजार रुपैयाँ, बाटो तथा पण्डाल मिक्स गिटी १३ हजार छ सय रुपैयाँ, मूलमन्दिर श्रृङ्गारमा १२ हजार रुपैयाँ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here