सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करण घोषणा

0
3

गण्डकी,

१९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो ।

यो संस्करणमा २१ किमिको पुरूष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो । विसं २०५८ मा स्थापित उक्त संस्थाले वर्सेनि अन्तराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ ।

‘स्वास्थ्यका लागि, पोखराका लागि’ आदर्श वाक्यसहित हुँदै आएको उक्त प्रतियोगिताको गत १८औँ संस्करणमा रु ७५ लाख २४ हजार आम्दानी र रु ७१ लाख ५२ हजार खर्च भई रु तीन लाख ७२ हजार बचत भएको सो अवसरमा जानकारी दिइयो ।

आगामी १९औँ संस्करणमा कूल नगद पुरस्कार रु २१ लाख ३४ हजार प्रस्ताव गरिएको मञ्चले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here