ब्राउनसुगरसहित मेची पुलबाट दुई जना पक्राउ

0
2

काँकरभिट्टा ।

भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुई जनालाई मेची पुलबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी नगरपालिका–२का २४ वर्षीय खुमराज भण्डारी रहेका छन् ।

मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शङ्का लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम २३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस्तै मेची पुलमै प्लास्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित भण्डारी पक्राउ परेका छन् । मुखभित्र लुकाई छिपाई ब्राउन सुगर ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here