गौरीशंकर र पशुपतिका विद्यार्थीलाई स्टेसनरी सामग्री

0
152

झापा,  गौरीशंकर माध्यमिक विद्यालय र पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री बितरण गरिएको छ ।

बाल्मीकि लिङ्कन कलेज बिर्तामोडमा अध्ययनरत वीवीएका विद्यार्थीले बाह्रदशी र कनकाईमा रहेका दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री बितरण गरेका हुन् । उनीहरुले विद्यार्थीलाई कपी, टडपेन र पेन्सिल बितरण गरेका थिए ।

परीक्षामा प्रयोग नभएका कपीका पन्ना संकलन गर्दै त्यसलाई पुनः प्रयोग गर्न सकिने शिक्षा दिन उनीहरुले विद्यालयमा पुगेर शैक्षिक सामग्री बितरण गरेका हुन् ।

कार्यक्रममा वीवीए शंकायका प्रमुख निरज ओली, कार्यक्रम संयोजक प्रकाश घिमिरे, रुपेश भण्डारी लगायतले विद्यार्थीलाई सिक्ने र सिकाउने अभियान अन्तरगत विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको बताए ।

बाल्मीकि लिङ्कन कलेज बिर्तामोडमा अध्ययनरत वीवीए सातौं, पाँचौं, चौथो, र दोस्रो सेमिष्टारका विद्यार्थी कार्यक्रममा सहभागी थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here