थुनुवा फरार : प्रहरी हवल्दारलाई कार्वाही

0
17

झापा, उपचारका लागि अस्पताल पु¥याइएका थुनुवा हत्कडी खोलेर फरार भएपछि प्रहरीलाई कारवाही गरिएको छ । थुनुवालाई अस्पताल लाने प्रहरी हवल्दार बमबहादुर राईमाथि कार्वाही शुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरी हवल्दार राईले उपचारका लागि बिर्तासिटी अस्पताल लिएर गएका थुनुवा विशाल राई हतकडी फुस्काई मंगलवार दिउँसो फरार भएका थिए ।

मंगलवार दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।

लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । प्रहरी हवल्दार राईलाई निलम्बन गरी कार्वाही शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी प्रकाश विष्टले बताए । उनले ती थुनुवा हतकडी फुस्काएर कसरी भागे भनेर अनुसन्धान भइरहेको जानकारी दिए ।

उपचारका लागि संगै लिएर गएका थुनुवा भागेपछि प्रहरी हवल्दार राईमाथि विभागीय कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उपचारमा रहेका थुनुवा राईले हात दुख्यो हतकडी खुकुलो बनाइदिनु भनेर भन्दा प्रहरी हवल्दार राईले हतकडी खुकुलो बनाइदिएका थिए । त्यसपछि ती थुनुवा हतकडीबाट हात फुस्काएर भागेको जनाइएको छ ।

भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here