विद्यार्थी संगठनको जागरण अभियान

0
75

झापा । विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)ले शिक्षामा सुधार तथा विद्यार्थी जागरण अभियान सञ्चालन भइरहेको जनाएको छ ।

अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी )झापाका इञ्चार्ज विनोद सीले विज्ञप्ति जारी गर्दै विद्यालयमा भएका वेथिति विरुद्ध संघर्ष गर्दै विद्यार्थी जागरण अभियान सञ्चालन गरिएको जनाएका छन् । वेथिति विरुद्ध सञ्चालन गरिएको अभियानबाट तिलमिलाएकाहरुले स्वेच्छिक सहयोगलाई चन्दा देख्नु आफूहरुको आन्दोलनको विरुद्ध भएको उनीहरुको ठहर छ ।

केही दिन यता विद्यालयहरुमा सहयोगका नाममा चन्दा मागेको भन्दै मानव अधिकार सञ्चाल झापाले विज्ञप्ति जारी गर्दै सबैको ध्यानाकर्षण गराएको थियो । लगत्तै विद्यार्थी संगठनले त्यसको कडा रुपमा प्रतिवाद गरेको छ । संजालका अध्यक्ष डा. रुपक खनालद्वारा जारी विज्ञप्तिलाई आधार मानेर समाचार बनाएको प्रति समेत संगठनले आपत्ति जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here