बिर्तामोडमा यस–डी बुसान एजुकेसन कन्सल्टेन्सी

0
22

बिर्तामोड , बढ्दो शहरी क्षेत्रको तीब्र विकाससँगै झापाको मुटु बिर्तामोडमा वैदेशिक अध्ययनसहित रोजगारका लागि शैक्षिक परामर्श केन्द्रको बिस्तार क्रम बढेको छ ।

पूर्बको पहाडी जिल्ला हुँदै झापाको दक्षिणी क्षेत्रका विद्यार्थी आगमन सहज हुने भएकाले बिर्तामोड शैक्षिक परामर्श केन्द्रको हवको रुपमा परिचित ठाउँ बन्दै आएको छ । त्यस्तै विद्यार्थीलाई लक्षित गर्दै झापा मेचीनगर–९ का दिनेश कार्कीले बिहीवार बिर्तामोड–५ स्थित शनिश्चरे ट्याक्सी स्टेण्डमा यस–डी बुसान एजुकेसन कन्सल्टेन्सीझको मुख्य कार्यालय आरम्भ गरेका छन्।उपत्यकामा मुख्य कार्यालय भएका विभिन्न कन्सल्टेन्सीले बिर्तामोडमा शाखा कार्यालयबाट परामर्श दिँदै आएको समयमाञयस–डी बुसान एजुकेसन कन्सल्टेन्सीझले मुख्य कार्यालयबाट सेवा आरम्भ गरेको हो । बिर्तामोडमा मुख्य कार्यालयबाट शैक्षिक परामर्शको सेवा दिने एक मात्रै संस्था बनेको छ ।बिर्तामोडमा दर्जनौं कन्सल्टेन्सी शाखाको रुपमा सञ्चालनमा आएका छन् । केही समय अध्ययनको शिलशिलामा दक्षीण कोरिया बसेका कार्कीले त्यहाँ सरकारीस्तरको ञटपिक लेभलझ परीक्षा नै उतिर्ण गरेका छन् । देशमै केही गरौं भन्ने भावना जागेर नेपाल फर्केका कार्कीले परामर्श केन्द्र खोल्न सफल भएका हुन् । कार्की यस–डी बुसान एजुकेसन कन्सल्टेन्सीका प्रबन्धक तथा प्रशिक्षक हुन् ।उनले कोरियामा रहेर आर्जन गरेको ५ वर्षको अध्ययन र अनुभवलाई पुस्तक प्रकाशन गरेका छन् । विद्यार्थीले सरल ढंगबाट छिट्टै भाषा सिकुन् भन्ने उद्देश्यले कोरियन भाषालाई नेपालीमा अनुवाद गरेको ञसजिलो कोरिया भाषाझनामक पुस्तक प्रकाशन गरेको उनले सुनाए । आफुले लेखेका पुस्तकबाटै भाषा सिकाई तथा परामर्श दिइने उद्घाटनका अवसरमा रिटर्नी स्वरोजगार केन्द्रका अध्यक्षसमेत रहेका कार्कीले बताए ।

यस–डी बुसान एजुकेसन कन्सल्टेन्सीझमा अध्ययन गर्ने विद्यार्थीलाई सीमित अवधीका लागि बिषेश छुटको ब्यवस्था गरेको उनको भनाई छ । पाठ्यक्रम र मासिक लिइने परीक्षा निःशुल्क गर्ने भएको छ भने विद्यार्थीलाई थप बिश्वास दिलाउन अध्ययनरत अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता गर्नेसम्मको सुबिधा दिएको प्रबन्धक कार्कीको भनाई छ । शिक्षा क्षेत्रमा सेवाको भावना जागेर शैक्षिक परामर्श केन्द्र सुरु गरेको प्रोपाइटर सरस्वती चौलागाईंको भनाई छ । उनी विद्यार्थी नेता पनि हुन् । अखिल क्रान्तिकारी विद्यार्थी युनियनको केन्द्रिय सदस्य पनि हुन् । जापानलगायत अन्य विभिन्न देशका लागि पनि शैक्षिक परामर्श गरिने योजना रहेको चौलागाईंको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here