अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा गणेश आविकी गौली प्रथम

0
1

अर्जुनधारा ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्जुनधाराको आयोजनामा शुक्रबार सम्पन्न भएको अन्तर विद्यालय(कक्षा ६–८) निबन्ध लेखन प्रतियोगितामा अर्जुनधारा–१स्थित गणेश आधारभूत विद्यालयकी छात्रा दीक्षा गौली प्रथम भएकी छिन् ।

अर्जुनधारा–८स्थित चन्द्रोदय आधारभूत विद्यालयमा आयोजित उक्त प्रतियोगितामा द्धितीय अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा हेलिना ढुङ्गेल, तृतीय अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयकी छात्रा रमिला तामाङ र सान्तवना अर्जुनधारा–४स्थित अर्जुनधारा माध्यमिक विद्यालयका छात्र सरगम अधिकारी भएका छन् ।

१४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजारसहित प्रमाण पत्र वितरण गरिएको थियो ।

संगठनका अध्यक्ष रुद्र खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मी, संगठन कोशीका महासचिव कपिलदेव तिम्सिनालगायतले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । शिक्षकहरु चित्रा दवाडी(नवदुर्गा आधारभूत विद्यालय), देवी गौतम(भानु माध्यमिक विद्यालय) र वसन्त भट्टराई(शनिश्चरे माध्यमिक विद्यालय) मूल्याङ्कन समितिका सदस्य रहेको प्रतियोगितामा सहभागी प्रतियोगिहरुलाई पनि सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराका अध्यक्ष केदारनाथ पोखरेल, नेपाल शिक्षक संघ अर्जुनधाराकी सभापति सुजता शिवाकोटी, नेपाल विद्यालय कर्मचारी परिषद् अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद पौडेल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, महारानीगञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बू, चन्द्रोदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीलगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा स्थानीय हाँस्य कलाकार राम घिमिरेले नृत्य प्रस्तुत गरेका थिए । चन्द्रोदय आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संगठनका सचिव तिलचन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here