व्यवसायी प्रसाईको रहस्यमय मृत्यु , मैनाली विरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी

0
23

झापा । बिर्तामोडका व्यवसायी महेन्द्र प्रसाईको रहस्यमय मृत्यु भएसंगै स्थानीय नरेन्द्र मैनाली विरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा प्रसाईका छोरा अर्जुनले मैनाली विरुद्ध जाहेरी दर्ता गरेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मृतक प्रसाई ।


बिर्तामोड नगरपालिका वडा नम्बर ५ सगरमाथा टोल निवासी ६१ वर्षीय प्रसाई बिर्तामोड–१ सिनेप्लाजा अगाडि मैनालीको घरमा शुक्रवार मृत फेला परेका थिए । मैनालीको घरको दोस्रो तलाको कोठामा प्रसाई झुन्डिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
सिलिङको पंखा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले घाँटीमा पासो लगाई झुन्डिरहेको अवस्थामा प्रसाईको शव फेला पारेको प्रहरी नायव उपरीक्षक विष्टको भनाई छ । उनको शव पोष्टमार्टमका लागि मेची प्रादेसिक अस्पताल पठाइएको विष्टले जानकारी दिए ।
भ्रष्टाचार विरोधी अभियान समेत संचालन गर्दै आएका प्रसाई जग्गाको समेत कारोवार गर्दै आएका थिए । प्रसाई र मैनालीले सहकार्य गर्दै हाइड्रोमा समेत लगानी गरेको बताइएको छ । प्रसाई मृत फेला परेको कोठा हाइड्रो पावर कम्पनीको अफिस रहेको बताइन्छ ।
युनिटेक हाइड्रोपावर कम्पनीले माथिल्लो फावाखोला जलविद्युत आयोजनाको काम गर्दै आएको बताइएको छ । सो कम्पनीको मैनाली अध्यक्ष हुन् । हाइड्रोपावर कम्पनीमा उनीहरु बीच साझेदारी रहेको र आर्थिक लेनदेन समेत उनीहरुमा भएको बताइन्छ । मैनालीले प्रसाईको करोडौं रुपैयाँ लगेको र सो रकम नदिएपछि मैनालीकै घरमा गएर प्रसाई झुण्डिएर आत्महत्या गरेको हनसक्ने बताइएको छ ।
प्रसाईंसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर मैनाली फरार भएको आरोप छ । मृतक प्रसाई बीएण्डसी मेडिकल कलेजका संस्थापक समेत हुन् ।
उनी, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी मेडिकल कलेज स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here