सैनिकबजारको सरसफाइ

0
9

बिर्तामोड ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को सरसफाई अभियान अन्तरगत बिर्तामोड -१० स्थित सैनिकबजार क्षेत्र सरसफाइ गरििएको छ।

संस्थाको सामुदायिक कार्यक्रम अन्तर्गत सैनिकबजार सेवा केन्द्र भौगोलिक एकाइ उपसमिति २ नम्बरको आयोजनामा सम्पन्न सरसफाइ अभियानमा सैनिकबजार टोल विकास संस्था, अस्थायी प्रहरी बिट सैनिकबजारलगायतका संस्थाको सहभागिता रहेको थियो।

स्वास्थ जीवनका लागि सरसफाइमा जनचेतना जागृत गराउने उद्देश्यले संस्थाले सृेवाकेन्द्र मार्फत गाउँशहरमा सरसफाइ अभियान सञ्चालन गर्दैै आएको बताइएको छ।

संस्थाको सैनिबजार सेवा केन्द्र अन्तरगत एकाइ नम्बर २ उपसमिति संयोजक ओमबहादर गुरुङको अध्यक्षता तथा वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुुख आतिथ्यमा भएको सरसफाइ कार्यक्रममा सैनिकबजार टोल विकास संस्थाका अध्यक्ष अनुत सुब्बा, अस्थायी प्रहरी बिट सैनिकबजार प्रसनि नरोतम बहादुर थापा, स्वास्थ्यकर्मी बच्चाजी झा, सैनिकबजार सेवाकेन्द्रगत उपसमिति सदस्यहरु रत्नबहादुर बस्नेत, सीतादेवी राई, कार्यलय प्रमुुख सन्तोष ढुंगाना, भौगोलिक एकाइ नम्बर २ उपसमिति संयोजक चामबहादुर सुब्बा, सदस्य अञ्जु गुरुङ, कीर्ति लिम्बू, कर्मचारी चन्द्रबहादुर राई, निशा लिम्बू, बालकृष्ण उप्रेतीलगायत स्थानीयको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here