अस्पतालबाट हतकडी फुस्काई फरार भएका थुनुवा पक्राउ

0
25

बिर्ताामोड ।

झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट हतकडी फुस्काई फरार भएका थुनुवालाई प्रहरीले चार दिनपछि पक्राउ गर्न सफल भएको छ ।

गत भदौ २ गते बिर्तामोड–१ पश्चिम बसस्टेन्डबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए ।

उनलााई शनिबार अर्जुनधारा–११ बाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी पेट दुख्यो भन्दै गत भदौ ४ गते बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।

पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका राई हतकडी फुस्काई फरार भएका थिए । हातमा कसिलो भयो थोरै खुकुलो बनााईदिनुहोस् भन्दै उनले प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रह अनुसार हतकडी खुकुलो बनाएपछि उनले हात निकाल्न सजिलो भएको जनाइएको छ ।

लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी लगत्तै प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here