बुझेर नबुझेको

0
2

लामो पट्यारलाग्दो
एकोहोरो गोरेटोको
कठिन उकालो यात्रा
अझै पनि छोट्टिएको छैन
लक्ष्य अन्त्यहीन देखिन्छ
दोमन र द्विविधामा
विरासतमा पाएको यो माटोको
उर्वरा हराएर
मरुभूमि भएको छ
जहाँ फल्दैन केही
जहाँ जन्मन्न कोही
सगरमाथा लगातार
फुत्त–फुत्त आगो ओकल्छ
बुद्ध
घरि–घरि हातमा बन्दुक बोक्छन्
यहाँ उदाउने सूर्य
प्रत्येक बिहान अँध्यारो ओकल्छ
र जुनले पोल्ने गर्छ
यो बुझेर के गर्नु
जब
नबुझ्नु नै हाम्रो नियति भएको छ ।

भद्रपुर, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here