गौरीगञ्जमा वृद्धको शव फेला

0
20

झापा,झापाको गौरीगञ्जमा एक वृद्धको शव फेला परेको छ । उनको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका– ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव शनिबार बिहान कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा उनको शव फेला परेको थियो । शवको अवस्था हेर्दा ४–५ दिन अगाडी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक दिनहुँ जाँडरक्सी खाएर हिँड्ने गरेको स्थानीयको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here