१६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा थप २ जना पक्राउ

0
113

बिर्तामोड,अर्जुनधारा ५ निवासी १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । यो संगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ । एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका अर्जुनधाराकै संजिव तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसअघि प्रहरीले सोही घटनामा चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा–७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए ।
युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजनका दईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए । सोही स्थानको लंका होटलमा खाजा खाएर उनीहरु साँझमा एकछिन घुम्न भन्दै नयाँ बाख्रा हट्टीतिर लागे । एकान्त त्यस स्थानमा राती मानिसको आवत जावत हुँदैन । त्यहा चारजनाले पालै पालो उनीमाथि जवरजस्ती करणी गरे । उनले चारजनासँग प्रतिवाद गर्न सकिनन् ।
प्रहरीका अनुसार त्यसपछि पीडितलाई अर्जुनधारा–७ स्थित लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले लंका होटल रिसोर्टमा सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडितलाई शारीरिक परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here