नेपाल कम्युनिष्ट पार्टी वहुमतद्वारा भ्रष्टाचार विरुद्ध जनसंघर्ष अभियान

0
23

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी वहुमतले भ्रष्टाचार विरुद्ध जनएकता तथा जनसंघर्ष अभियान देशव्यापी रुपमा चलाएको छ ।

अभियान अन्तरगत गरिव किसान माथिको वित्तीय शोषण, कालोवजारी, तस्करी, शिक्षा, स्वास्थ्य र भूमि माथिको माफियातन्त्रका विरुद्ध आम उत्पीडित जनतासँंग एकाकार भई संघर्ष सञ्चालन गर्दै आएको पार्टीका सेक्रेटरी सिलङ्गले जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै क्रान्ति विरोधी कार्यमा कथित डलरको खेती गर्ने मानवअधिकारवादीहरु, शैक्षिक माफियाहरु, क्रान्तिकारी आन्दोलनबाट च्यूत भएकाहरु पार्टीले चलाएको अभियानबाट अत्तालिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा केही सञ्चार माध्यममा पार्टीको राष्ट्रिय नारालाई जोडेर अनर्गल प्रचार भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।

आफ्नो पार्टीले झापाका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको र आफूहरु जनता माझ नै रहेको सेक्रेटरी सिलङ्गले उल्लेख गरे ।

आफ्नो पार्टी विरुद्ध गरिएका भ्रमको पछि नलाग्न उक्त पार्टीले आग्रह समेत गरेको छ । उक्त पार्टीले साउन ३२ गतेबाट भदौ ८ गतेसम्म झापामा प्रशिक्षण, प्रचार लगायतका कार्यक्रमहरु गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here