चरित्र हत्या गरेको भन्दै न्यायालय जाने लिम्बूको चेतावनी

0
1

दमक ।

दमक –५ की एक जना महिलाले एक समूहले सामाजिक सञ्जाल फेसबुक तथा युट्युबको माध्यमबाट आफनो चरित्र हत्या गरेको आरोप लगाएकोमा आपत्ति जनाएकी छिन् ।

हरिउँ कोलनीकी स्थायी बासिन्दा उषाकुमारी लिम्बूले आइतवार दमकमा पत्रकार सम्मेलन गरेर केही दिन अघि आफ्नो अनुमति बिनानै घरमा प्रवेश गरी केही व्यक्तिसँगको लेनदेनका बिषयलाई लिएर फेसबुक तथा यूट्युवबाट अनर्गल र भ्रमपूर्ण प्रचार गरेको जिकिर गरेकी हुन् ।

उनले आफ्नै घरमा डेरा गरी बस्ने तुलसा केरुङसहितले युट्युब प्रयोगकर्ताहरुलाई परिचालन गरेर आफ्ना विरुद्ध कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन गरेको आरोप लगाइन् । उनले भनिन्, –सो कार्यमा संलग्नहरुको पहिचान गरी उनीहरुबिरुद्ध कानूनी उपचारका लागि जाने छु । जहाँबाट आफूले न्याय पाउने उनले बताइन् ।

उनको घरमा तुलसा केरुङसहितका केही महिलाले इटहरीका यूट्यूवरलाई ल्याएर आफू नभएको बेला लेनदेन सम्बन्धी विषयलाई लिएर भ्रमित प्रचार गर्ने तथा घरमा ताला लगाउनेसम्मको हर्कत गरेको लिम्बूले आरोप लगाइन् । आप्mनो घरमा ताला लगाउने उनीहरुलाई अधिकार कसले दियो ? उनको प्रश्न थियो । उनले ती यूट्यूव च्यानलविरुद्ध प्रेस काउन्सिलमा उजुरी गर्ने बताइन् ।

दमक –५ निवासी मनकुमारी कालाखेती र निर्मला कार्कीविरुद्ध झापा जिल्ला अदालतमा लेनदेन सम्बन्धी मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै लिम्बूले निर्मला तामाङ र मञ्जु पौडेलविरुद्ध अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धि उजुरी समेत गरिसकेको बताइन् ।

कसैसँगको लेनदेन कारोबार स्वभाविक बिषय भएको र सम्बन्धित बिषयमा आफू अन्यायमा परेकाले न्यायालय र जिल्ला प्रशासन कार्यालय झापामा गइसकेको अवस्थामा चरित्र हत्या गर्ने दुस्साहस मेरा लागि सह्य छैन– लिम्बूले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here