महेन्द्र रत्न माविको विव्यास अध्यक्षमा राई

0
2

कमल ।

झापाको कमल गाउँपालिका–२ रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुःन पवनकुमार राई चयन भएका छन् ।

आइतबार सम्पन्न अभिभावक मेलाबाट निर्वाचित सदस्यहरू मध्येबाट आगामी कार्यकालको लागी अध्यक्षमा पुःन राई निर्वाचित भएका हुन् ।

त्यस्तै भेलाबाट व्यवस्थापन समितिको सदस्यमा डिल्ली बहादुर भण्डारी ,खेमराज श्रेष्ठ, धनमाया पोख्रेल, दीपा दाहाल र सम्झना वि.क निर्वाचित भएका हुन् ।

शिक्षक प्रतिनिधिमा चन्द्रप्रसाद सिटौला चयन भएको विद्यालयका प्रधानाध्यापक तथा समितिका सदस्य सचिव बालकृष्ण सगौंलाले जानकारी दिए ।

व्यवस्थापन समितिका अध्यक्ष पवन कुमार राईको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि कमल गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सूर्यप्रसाद न्यौपाने र पदेन सदस्य २ नम्बर वडा अध्यक्ष अशोक सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here